देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिहानै उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपणमा

देशान्तर

उत्तर कोरियाले पुनः मिसाइल प्रक्षेपण गरेको छ । मंगलबार बिहानै उत्तर कोरियाले दुईवटा मिसाइल प्रक्षेपण गरेको हो । पछिल्लो दुई हप्ता भन्दा कम समयमा उत्तर कोरियाले गरेको चौथो प्रक्षेपण हो । दक्षिणी हवाङ्गहाइ प्रान्तबाट उत्तर कोरियाली समुद्र तर्फ लक्षित गरी दुई मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । प्रक्षेपण गरिएको मिसाइलको प्रकार तत्काल थाहा भएको छैन ।
अमेरिकाले अवस्थाबारे निरीक्षण भइरहेको र दक्षिण कोरियासँग परामर्श गरिरहेको बताएको छ । सोमबारदेखि अमेरिका र दक्षिण कोरियाका सेनाले सुरु गरेको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले आक्रोश व्यक्त गरेको थियो । वार्षिक रुपमा हुँदै आएको सैन्य अभ्यास यो वर्ष त्यति केन्द्रमा राखिएको थिएन, तर यसले अमेरिकी राष्ट्रपति र दक्षिण कोरियाली राष्ट्रपतिसँग भएको सम्झौताको उल्लंघन गरेको उत्तर कोरियाले आरोप लगाएको छ ।