देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

६७ हजार ८ सय पुग्यो सुनको मूल्य 

देशान्तर

सुनको मूल्य एकै दिन १ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ । स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला एकै दिन १ हजार ५ सय रुपैयाँले वृद्धि भएर प्रतितोला ६७ हजार ८ सय पुगेको छ । आइतबार स्थानीय बजारमा प्रतितोला ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एक्कासि प्रतितोला १ हजार ५ सय बढेर प्रतितोला ६७ हजार ८ सय रुपैयाँ पुगेको हो । यो अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार एकै दिन प्रतितोलो १ हजार ५ सय रुपैयाँले वृद्धि भएको पहिलोपटक हो । महासंघको तथ्यांकको तथ्यांकअनुसार ढेड महिनाको अन्तरालमा सुनको मूल्य चारपटक वृद्धि भएको छ ।

महासंघको तथ्यांकअनुसार १२ भदौ २०७० देखि करिब ६ वर्ष सुनको मूल्य प्रतितोला ५४ हजार थियो । तर, ६ असार २०७६ मा सुनको ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो । सो मूल्य केही दिन यथावत रहे पनि गत शुक्रबार बढेर ६५ हजार ८ सय रुपैयाँ पुगेको छ । गत आइतबार प्रतितोला सुन ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोलामा १ हजार ५ सयले वृद्धि भएर ६७ हजार ८ सय रुपैयाँमा करोबार भएको छ ।   महासंघका अध्यक्ष मोहनकुमार सुनारले अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वका कारणले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको बताए । सुनारले सुन मूल्य प्रतितोला ७० हजारसम्म पुग्ने अनुमान रहेको बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मेन्द्रर बज्राचार्यले बैंकले ब्याजदर घटाएपछि धेरै मान्छेले सेयर किन्न छोडेर सुन किन थालेपछि सुनको मूल्य अकासिएको बताए ।