देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले राम्रा काम गरे त्यसको समर्थन गरिन्छः सभापति देउवा

देशान्तर

काठमाडौँ । नेपाली काङ्गे्रसका सभापति शेरबहादुर देउवाले सरकारले गरेका राम्रा कामको समर्थन गर्ने बताएका छन् । सभापति देउवाले सरकारले गर्ने राम्रो कामको काङ्ग्रेसले समर्थन गर्छ तर मुलुकलाई अहित हुने खालका काममा समर्थन गर्न नसकिने बताएका छन् । उनले प्रतिपक्षको धर्म निभाउन र खराब कामको विरोध गर्न संसदीय दललाई निर्देशन पनि दिएका छन् ।

नेपाली काङ्ग्रेस जिल्ला सभापति स्व कमलप्रसाद पङ्गेनीको प्रथम स्मृति सभामा स्याङजामा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारका कतिपय गतिविधि संविधान विपरीत भइरहेको आरोप लगाए । उनले मुलुक र जनताको हित विपरीत सरकारका कतिपय गतिविधि देखिएको भन्दै यसको कडा प्रतिवाद गर्न सांसदहरुलाई निर्देशन दिए । जनतालाई सचेत गराउँदै राष्ट्र हित विपरीत भएका गतिविधि रोक्न प्रतिपक्षी दल लागिपरेको दउवाको भनाइ थियो ।

सभापति देउवाले काङ्गे्रस एकढिक्का हुनुको विकल्प नभएको बताउँदै आगामी दिनमा काङ्ग्रेस एकभएर भएर अगाडि बढ्ने बताए । स्व पङ्गेनी एक कर्मठ नेता भएको र उनलाई गुमाउनु पर्दा पार्टीलाई धेरै ठूलो क्षति भएको सभापति देउवाले बताए ।

सो अवसरमा काङ्गे्रस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, गगन थापा धनराज गुरुङले सरकार जनताको दुई तिहाइ मतको अवमूल्यन गरेको, जनतालाई राहत पुग्ने काम गर्न नसकेको आरोप लगाए ।