काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली कम्युनिष्ट अधिनायकवाद लादेर हिटलर बन्न चाहिरको बताएका छन् । उनले टिलरको कसरी पतन भयो भन्ने कुराको हेक्का नराखी हिटलर बन्न खोज्न ओलीको मुर्खता भएको पनि बतएका छन ।
सभापति शेरबहादुर देउवाले अनुचित विधेयक ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोजेको आरोप लगाउदै उनको पतन अरुको तुलनामा चाँडो हुने बताए । (आज) मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा सभापति देउवाले हिटलरले संसदबाटै कानुन पास गरेर सत्ता कब्जा गरेको स्मरण गराउदै संसदमा अनेकथरी विधेयक पास गर्न खोजेर ओली पनि त्यही बाटोमा लागेको बताए ।
प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान वितरण समारोहमा उनले संसदमा प्रस्तुत हुने गलत विधेयकविरुद्ध संसदमै कडा प्रतिवाद गर्ने बताए । मिडिया विधेयक, गुठी विधेयक, मानवअधिकार आयोगसम्बन्धि विधेयकको संसदबाट विरोध गरेको उनले स्मरण गरे ।
मानवअधिकार आयोग सम्बन्धि विधेयक ल्याएर सरकारले स्वतन्त्र आयोगको अधिकार सिमित गर्न खोजेको उनको आरोप थियो । पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा स्वर्गीय दयाशंकर पालिखेको परिवारद्वारा स्थापित सम्मानबाट पत्रकार रवीन्द्रनाथ बाँस्तोला सम्मानित भए । पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।





प्रतिक्रिया