देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सम्बन्ध विच्छेद गर्ने पुरुषको संख्यामा उल्लेख्य बृद्धि

देशान्तर

नयाँ मुलुकी ऐन लागु भएपछि सम्वन्ध विच्छेद गर्ने पुरुषको संख्यामा उल्लेख्य बृद्धि भएको छ । जिल्ला अदालतमा आएका सम्बन्ध विच्छेदका मुद्दामा एक तिहाई पुरुषले दर्ता गरेका मुद्दा रहेको जिल्ला अदालत सिन्धुलीले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा सम्वन्ध विच्छेदको लागी अदालतमा आएका १२२ सम्बन्ध विच्छेदका मुद्दामा ४२ वटा पुरुषका मुद्दा रहेका छन ।

२०७५ साल भदौ १ गतेदेखि नयाँ मुलकी संहिता लागु भएपछि पुरुषका मुद्दा अदालत आउन थालेका हुन । २०७६ असार मसान्तसम्ममा सम्वन्ध विच्छेद गर्न माग गदैै अदालतको ढोका ढक्ढकाउने पुरुषको संख्या ४२ जना रहेको अदालतका श्रेस्तेदार कुमार खतिवडाले बताए । उनका अनुसार सम्वन्ध विच्छेदका लागि महिलाहरु तर्फबाट ८० वटा मुद्दा दर्ता भएका छन ।

अदालतमा परेका मुद्दामध्ये ६५ वटा मुद्दा किनारा लागेका छन भने ५७ वटा मुद्दाको फैसला हुन बाँकी छन । जसमा ९ वटा मुद्दा फैसला भएका छन भने ४८ वटा मुद्दामा मिलापत्र भएको छ । यस्तै चार वटा मुद्दा ढिसमिस भएका छन । चार वटा मुद्दाका बादीहरु नै तारेख समयमा नआएको र सम्पर्कमा पनि आएका छैनन अतः ति मुद्दा ढिसमिस भएका हुन् । ३ वटा मुद्दा फिर्ता भएका छन भने एक वटा मुद्दा सरुवा आदेश भएको छ ।

२०७५ भदौ १ गतेबाट लागु भएको नयाँ मु्लुकी ऐनपछि श्रीमतिसँग विमत्ती भएका श्रीमानहरु सम्वन्ध विच्छेदका लागी अदालतमा मुद्दा दायर गर्ने पुरुषको संख्यामा उल्लेख्य वृद्धि भएको खतिवडाले बताए । अदालतमा दर्ता भएका मुद्दाहरुमा सामान्य परिवारबाट भन्दा पनि केहि आर्थिक र सामाजिक रुपमा समाजमा स्थापित समुदायका पुरुषहरुको बढी मात्रामा आएको पाईएको छ ।