देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पानी पर्ने भएकाले बाढीपहिरो र चट्याङबाट जोगिन महाशाखाको अनुरोध

देशान्तर

आइतबार (आज) बिहानैदेखि काठमाण्डौ उपत्यकाका लगायत देशका विभिन्न ठाउमा पानि परेको छ । आज, भोलि र पर्सि पानी पर्ने भएकाले बाढीपहिरो र चट्याङबाट जोगिन महाशाखाले अनुरोध गरेको छ ।

बाग्मती, विष्णुमती, नख्खु, हनुमन्ते, मनोहरालगायतका खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मनोहरा, हनुमन्तेलगायतका खोलामा पानीको बहाव सतर्कता विन्दुको नजिकै पुगेको र बहाव बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

यस्तै जाजरकोट, सल्यान, रुकुमलगायत ठाउँमा पनि पानी परिरहेकाले यी क्षेत्रका नदीमा बिहान १० बजेसम्म नै आकस्मिक बाढी आउने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

सिन्धुली, धनुषा,काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र गोर्खामा पनि ठूलो पानी परिरहेको र पानी पर्ने क्रम बढ्न सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन र नदी किनारामा नजान सूचना निकालर आग्रह गरेको हो ।

यसैबीच आज देशका धेरैजसो ठाउँमा सामान्य बदली हुने र केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । आज पहाडका एक–दुई ठाउँमा भने ठूलो तथा पूर्व, मध्य र पश्चिमी भेगमा मेघ गर्जन र चट्याङसहित सामान्य पानी पर्ने सम्भावना छ ।