देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपाले तेश्रो चरणको स्वाभिमान यात्रा भाद्र २३ बाट गर्ने

देशान्तर

राष्टिय प्रजातन्त्र पार्टीले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बाँकी रहेका जिल्लामा क्रमशः स्वाभिमान यात्रा संचालन गर्ने भएको छ। यस क्रममा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा आगामी भाद्र २३ गते बाट यात्रा शुरु गरिने निर्णय भएको छ।
राप्रपा प्रदेश ३ का अध्यक्ष विक्रम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले आगामी भाद्र २३ गते सिन्धुलीबाट यात्रा शुभारम्भ गरी २५ गते काभ्रेपलाञ्चोकमा समापन गर्ने प्रारम्भिक तालिका तय गरिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो।
यसअघि पहिलो चरणमा मेची–महाकाली, दोश्रो चरणमा मुक्तिनाथदेखि गोरखनाथसम्म यात्रा सम्पन्न भइसकेको छ भने अहिले तेश्रो चरणको यात्राको तयारी गरिएको छ।
तेश्रो चरणको यात्रापछि बाँकी जिल्लाहरूको यात्रा दशैं र तिहारको बीचमा हुने पार्टीका प्रवक्ता सुशील श्रेष्ठले बताउनुयो । बैठकको निर्णय र यात्रा तालिकाबारे पार्टी अध्यक्ष कमल थापालाई आइतबार नै जानकारी गराइएको उहाले बताउनुभयो।
थापाले यात्रालाई व्यवस्थित र प्रभावकारी बनाउन चुस्त ढंगले कार्य अगाढी बढाउन निर्देशन दिएको सहायक महामन्त्री बर्तौलाले जानकारी दिनुभयो । बैठकमा यात्रा संचालन हुने जिल्लाका केन्द्रीय पदाधिकारी, सदस्य एवं प्रदेश साँसद रिता माझीको उपस्थिति रहेको थियो।