देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली उपचार गरेर स्वदेश फिर्ता

देशान्तर

काठमाडौं. । स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा स्वदेश फर्केका छन्।

प्रधानमन्त्री ओली सोमबार दिउँसो थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल आइपुगेका हुन्। साउन १८ मा सिंगापुर प्रस्थान गरेका ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य परीक्षण गराएका थिए। उनी गत शनिबार स्वदेश फर्किने कार्यक्रम भए पनि थप दुई दिन बसेर सोमबार मात्र स्वदेश फर्केका हुन्। सत्तारूढ नेपाल कम्युनिस्‍ट पार्टी ९नेकपा०का अध्यक्षसमेत रहेका ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको हो।

१२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्। प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा। दिव्या सिंह लगायतको टोली सिंगापुर गएको थियो।