देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कारवाहीमा परेको रेडक्रसको प्रशासन प्रति आक्रोश

देशान्तर

काठमाडौं । अरबौं भ्रष्टाचार प्रकरणमा मुछिएर कारबाहीमा परेको नेपाल रेडक्रस सोसाइटीले आफूहरुमाथि प्रशासनले राजनीति गरेको आरोप लगाएको छ।

अकस्मात केन्द्रीय सभा स्थगन गर्नुपर्दा मर्माहत भएको प्रतिक्रिया जनाउँदै कारबाहीमा परेको रेडक्रसको केन्द्रीय समितिले बुधबार विज्ञप्ति निकालेको हो। मंगलबार काभ्रेको बनेपामा बस्ने गरी बोलाइएको केन्द्रीय सभा जिल्ला प्रशासन कार्यालय काठमाडौंले हस्तक्षेप गरेपछि स्थगित भएको थियो। सम्पूर्ण वैधानिक र कानुनी दायित्व पूरा गरेको नेरेसोको सर्वोच्च निकायको महाधिवेशन र वर्षिक साधारण सभा श्रृंखलाबद्ध रूपले स्थगन भइरहेको दाबी गरिएको छ। यसअघि देशभरका रेडक्रसकर्मी आइसकेको अवस्थामा धरानमा हुन लागेको साधरणसभा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको वैशाख २२ गतेको निर्देशनात्मक पत्रका कारण स्थगित भएको थियो।

वैशाख २३ देखि २५ गतेसम्म धरानमा आव्हान गरिएको ४८ औँ महाधिवेशन र निर्वाचन प्रशासनले हस्तक्षेप गरेपछी स्थगित भएको थियो। अहिले पनि जिल्ला प्रशासनले आइतवार च।नं। १०८ को निर्देशनात्मक पत्रमार्फत् रेडक्रसको सभा रोकिएदिएको छ। संस्थाको वार्षिक बजेट तथा कार्यक्रम, रणनीति र रेडक्रस कानुनको विषयमा छलफल गर्ने गरी आयोजित वार्षिक साधारण सभामा प्रशासनले रोक लगाएमा थापा नेतृत्वको समितिले गुनासो गरेको छ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले जिल्ला प्रशासन कार्यालय काठमाडौंले पठाएको निर्देशनात्मक पत्रकै कारण केन्द्रीय वार्षिक साधारणसभा रोकिएको बताए। अध्यक्ष थापाले प्रशासन कार्यालयको पत्र बमोजिम साधारणसभा स्थगन गरी स्पष्टीकरण पनि पठाएको जानकारी दिए।