देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्वतमा करेन्ट लागेर दुई जनाको मृत्यु

देशान्तर

काठमाण्डौं । पर्वतको महाशिला गाउँपालिका–४ पाखापानीको धुवाँकोटमा शुक्रबार बिहान करेन्ट लागेर दुई जनाको मृत्यु गएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार करेण्ट लागेर ज्यान गुमाउनेमा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्री रहेका छन्।

काठका खम्बामा विस्थापित गरी फलामका खम्बा गाड्ने क्रममा करेन्ट लागेर उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक रायमाझी र लुंखु प्रहरी चौकीबाट प्रहरीको टोली घट्नास्थलतर्फ जाँदै गरेको र दुवै जनाको शवलाई पोस्टमार्टमको लागि शुक्रबार नै जिल्ला अस्पतालमा पर्वतमा ल्याइने प्रहरी निरीक्षक रायमाझीले बताए।