देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरीको गाडीमा रवि लामिछानेका समर्थकद्वारा तोडफोड

देशान्तर

सन्चारकर्मी रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका उहाका समर्थकहरुले प्रहरीको गाडीमा तोडफोड गरेका छन् ।

आज जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शनकारीहरुले प्रहरीको ना १ झ १२७१ नम्बरको गाडीको सिसामा ढुंगा प्रहार गरेका हुन् ।

उनीहरुलाई तितरवितर पार्न प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको थियो ।

पत्रकार शालिकराम पुडासैनीको मृत्युको प्रकरणमा प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएदेखि नै उहाका सर्मथकहरु विरोधमा उत्रिएका छन् ।

शुक्रबार चितवन जिल्ला अदालतले घटनाको अनुसन्धानका लागि लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

त्यसलगत्तै थप आक्रोशित बनेका उहाका सर्मथकहरुले हाज पनि विरोध सहित नाराबाजी गरेका छन् ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा ‘छाया सरकार’का गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले चितवन पुगेर लामिछानेलाई भट्नुभएको छ ।

उहाले आफूले प्रमुख जिल्ला अधिकारी र चितवन प्रहरी प्रमुखसँग भेट गरेर घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेको बताउनुभयो ।