देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पत्रकार लामिछानेको समर्थनमा प्रदर्शनमा उत्रनेलाई नेकपाको चेतावनी

देशान्तर

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनमा रहेका विवादीत सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीनले गम्भीर ध्यानार्षण भएको जनाएको छ।

नेकपा, चितवन जिल्ला कमिटीले सोमबार एक विज्ञप्ति जारी गर्दै केही दिनयता भइरहेको प्रदर्शन अनुसन्धानलाई प्रभावित पार्ने मनसायबाट भइरहेको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेकपाले जारी विज्ञप्तिमा जनताको ठूलो बलिदानीबाट प्राप्त परिवर्तन विरोधी नारा लगाएर आम नेपालीको अपमान गरेको लेखिएको छ।

उसले धमिलो पानीमा माछा मार्ने क्रियाकलाप स्वीकार्य नहुने चेतावनी पनि चेतावनी दिएको छ। नेकपाका चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव तथा सांसद कृष्णभक्त पोख्रेललले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ‘पार्टी नेतृत्वविरुद्ध नामै किटेर अनावश्यक गालीगलो गर्ने र धमिलो पानीमा माछा मार्न खोज्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन।’ नेकपाले जिल्लामा शान्ति र अमनचयन कायम राख्न प्रशासनसँग माग पनि गरेको छ। यस्तै, जिल्लाका नेकपा कार्यकर्तालाई शान्त रहन पनि आग्रह गरिएको छ।

कुनै पनि बहानामा भएका यस्ता अराजक क्रियाकलापमा सम्लग्‍न नहुन पनि पार्टी नेता र कार्यकर्तालाई नेकपाले निर्देशन दिएको छ। लामिछाने चितवन प्रहरीको हिरासतमा छन्। उनीविरुद्ध पुडासैनीको परिवारले किटानी जाहेरी दिएको छ। लामिछानेलगायतका व्यक्तिहरूले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेको छ।