पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका ३ जना मध्य रवि लामिछानेको आज बयान लिइदैछ । उनको आज साँझ ५ बजेभित्र बयान सकाउने तयारी रहेको छ ।
२ जनाको बयान भने हिजै राति साढे ७ बजे बजे सकिएको छ । युवराज कँडेल र अस्मिता कार्कीको बयान सकिएको स्रोतले जनाइएको छ। सरकारी वकिलको कार्यालयमा उनीहरूको बयान लिइएको थियो। हिजो दिउँसो अस्मिताको बयान लिइएको थियो।
बयानका क्रममा उनीहरूले के कुरा बताए भन्ने कुरा भने सार्वजनिक गरिएको छैन। सोही बयानपछि तिनै जनालाई म्याद थप गरी अनुसन्धान गर्ने वा छाड्ने भन्ने विषयमा आज मात्रै निर्णय लिइने बताइएको छ।
१३ जना प्रदर्शनकारी पक्राउ
रवि लामिछानेको समर्थनमा प्रदर्शन गर्ने १३ जना प्रदर्शनकारी पक्राउ परेका छन। भरतपुरमा जारी प्रदर्शनका क्रममा प्रहरीमाथि अपशव्द प्रयोग गर्ने, हुलहुज्जत गर्ने उनीहरूलाई हिजो र आज विभिन्न स्थानबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।





प्रतिक्रिया