काठमाडौँ । नेपाली कांग्रेसका सभापती शेरबाहादुर देउवाले कम्युनिस्ट सरकारबाटै प्राजातन्त्र र संविधान मासिने खतरा रहेको बताएका छन् । प्रदेश नम्बर ५ अन्र्तगत भैरहवामा अयोजना गरिएको कार्यक्रममा देउवाले प्रजातान्त्रिक मूल्य मान्यता र संविधानको मर्मवपरीत सरकारले अधिनायकबाद र निरंकुशता लाद्न खोजिरहेको आरोप लगाए ।
सभापती देउवाले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध कांग्रेस एक भएर अगाडि बढ्नुपर्ने अवस्था आएको भन्दै अधिनायकवादी सरकारबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खतरा रहेको टिप्पणी गरेका छन् ।
उनले कम्युनिस्ट सत्तामा आएपछि बोल्न र रुन पनि पाइँदैन भन्ने आफ्नो भनाइ सत्य सावित भएको भन्दै न्यायालय, प्रेस र मानवअधिकारमाथिको हस्तक्षेप र नियन्त्रणमुखी विधेयकबाटै सरकारको नियत स्पष्ट भएको दाबी गरे । उनले ओली सरकारले अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार खोस्न खोजिरहेको भन्दै प्रजातान्त्रिक मूल्य र मान्यता सिध्याउने दिशामा अगाडि बढे त्यसको प्रतिकार कांग्रेस उभिने बताए ।
सभापति देउवाले अधिनायकद र सर्वसत्तावादविरुद्ध लड्न गुट उपगुट अन्त्य गरी कांग्रेसलाइ बलियो बनाउनु अवस्यक भएको बताउदै पार्टीमा गुट उपगुट अन्त्य गर्न न्याय निश्पक्ष र पारदर्शी हुनुपर्ने भनाइ राखे ।
उनले कम्युनिस्ट सरकारले प्रजातान्त्रिक मूल्य मान्यता र संविधानको मर्ममाथि नै प्रहार गरिरहेको बताउदै सरकारले सर्वोच्च अदालत, अख्यिार तथा संवैधानिक निकायको तेजोबध गर्ने काममा दुईतिहाइको दुरुपयोग गरिरहेको भन्दै उनले घुमाइफिराई संविधानको मर्ममाथि प्रहार गरिहेको र संविधान मास्न खोजिएको बताए ।





प्रतिक्रिया