देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेतृत्वलाई कारण देखाउदै प्रदेश २ का नेकपा अध्यक्ष प्रभु साहद्धारा राजीनामा

देशान्तर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार( केहिबेर अघि) राजीनामा बुझाएका हुन् । साहलाई गत वर्ष असोज ५ गते सातै प्रदेशका अध्यक्षको जिम्मेवारी तोक्ने क्रममा प्रदेश २ को अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

प्रदेश २ को अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न नेतृत्वबाट निरन्तर असहयोग भएको भन्दै राजीनामा दिएको साहका प्रेस संयोजक निभेष कुमारले जानकारी दिएका छन् ।

नेकपाले गतसाल असोज ५ गते सातै प्रदेशका प्रदेश कमिटीमा पदाधिकारी चयन गरेको थियो। प्रदेश २ मा तत्कालीन माओवादी केन्द्रले अध्यक्ष पाउने सहमतिअनुसार साहलाई अध्यक्ष दिइएको थियो।

दुई महिनापछि मंसिर १७ मा प्रदेशका सदस्यहरू तोकिँदा आफूसँग सल्लाह नगरिएकोमा साहले असन्तुष्टि जनाउँदै आएका थिए । आफू प्रदेशको अध्यक्ष हुँदाहुँदै सल्लाह नै नगरी सचिवालयबाट सदस्यहरू तोकिएपछि उनले असहयोग र घेराबन्दी भएको बताउँदै आएका थिए ।

वरिष्ठ नेता माधव नेपालले पनि सदस्यहरू तोकिएको विषयमा असन्तुष्टि जनाउँदै आएका थिए । जसका कारण कतिपय जिल्ला कमिटीमा सपथग्रहण समेत रोकिएको थियो। नेपालको मुख्य असन्तुष्टि धनुषा र रौतहटमा थियो। बारा र पर्साबाहेक अरु जिल्लामा सपथ हुन सकेको छैन ।

नेकपाबाट निर्वा्चित जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण समेत विवादका कारण रोकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गर्न गएका बेला साउन २६ गते अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र साहबीच प्रचण्ड निवास खुमलटारमा छलफल समेत भएको थियो ।