देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रवि लामिछानेसहित तीन जनालाई अनुसन्धान गर्न फेरि पाँच दिन म्याद थप

देशान्तर

टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको छ ।

पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान र वयान लिइसकेपछि मंगलबार तीन जनालाई जिल्ला अदालत चितवनमा हाजिर गराइएको थियो ।

पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत रिर्पोटसहित म्याद थपका लागि प्रहरीले अदालतमा हाजिर गराएको थियो ।

अदालतले हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको समय थप गरिदिएको छ ।