कर्णालि प्रदेशको राजधानी सुर्खेतमा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
जाजरकोटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ९३ २७ नम्बरको बस सुर्खेतको भेरीगंगा नगरपालिका-५ हर्रे पुलिसचौकीको एमाले मोडमा दुर्घटना भएको हो।
मृत्युहरुको सनाखत हुन सकेको छैन। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय भेरीगंगा क्लिनिक, सुर्खेत र बाँकेको कोहलपुर लगिएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।





प्रतिक्रिया