देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीको उपचार अर्को साता पूरा हुने

देशान्तर

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अर्को सातासम्म पूरा हुने भएको छ।
सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीसँगै रहेका उनको राजनीतिक सल्लाहकार विष्णु रिमालले अर्को सातासम्म उपचार समाप्त हुने बताएका हुन्।

प्रधानमन्त्रीको निजी चिकित्सक डा। दिव्यसिंह शाहलाई उद्धृत गर्दै उसले उपचार प्रक्रिया अर्को साता सकिने बताएका हुन्। शाह भने स्वदेश फर्किएको रिमालले जानकारी गराएका छन्।

प्रधानमन्त्रीको ओलीका स्वास्थ्य अवस्थाको सामान्य रहेको उनले बताए। ‘सम्मानीय प्रधानमन्त्रीज्युको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ। उहाँको निजी चिकित्सक प्रा। डा। दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ।