देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य सञ्चालन व्यवस्थामाथि नै खतरनाक संकेतः निधी

देशान्तर

काठमाडाै –नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य सञ्चालन व्यवस्थामाथि नै खतरनाक संकेतको रुपमा आएको बताउनु भएकाे छ ।

उहाँले प्रमुख विदेश जानुपर्ने भएपछि भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्न सक्ने गरी कानूनमै संशोधन गरिनु सिंगो व्यवस्थामाथिको प्रहार भएको बताउनु भएकाे हाे  । उहाँले अधिनायकवादी प्रवृत्तिबाट कानून नै परिर्वतन गरेर मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न नपाईने भन्दै तत्काल कार्यविधि सच्याउन सरकारलाई चेतावनी दिनुभयाे ।

सरकार प्रणालीमा टेकेर प्रणालीलाई नै सिध्याउँने खेलमा लागेको भन्दै उहाँले कम्युनिस्ट स्टेट विरुद्धको आन्दोलनका लागि तयारी अवस्थामा रहन युवाहरुलाई निर्देशन दिनुभयाे  ।