काठमाडौं । जोरपाटी– साँखु सडक स्थानिय बासिन्दाले फेरि बन्द गराएका छन् । घरभित्र खहरे पसेपछि स्थानीयले सडक ठप्प गराएका हुन । गएरातिको भारी वर्षापछि उर्लिएको खहरे सीधै घरभित्र पसेपछि बाटो बन्द गराउनु परेको स्थानीयले जानकारी दिए ।
स्थानीयले बुधबार बिहानैदेखि सडकमा ह्युम पाइप तेर्स्याएर बाटो अवरुद्ध गराइरहेका छन् । स्थानीयको अवरोधको कारण जोरपाटी–साँखु सडक खण्ठ ठप्प छ ।
जोरपाटी–साँखु खडक खण्ड स्तरोन्नति नहुँदा स्थानीयले वर्षौंदेखि दुःख झेल्दै आएका छन् ।
पटकपटक ताकेता गर्दा पनि ठेकेदारले बाटो बनाउनुको सट्टा आलटाल गर्दै आएको र ढल निकास पनि व्यवस्थित नगरिदिँदा खहरे घरभित्र पसेको स्थानीयको गुनासो छ ।





प्रतिक्रिया