देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ठेकदारको पिटाइबाट कपनमा मजदुरको मृत्यु

देशान्तर

 

काठमाडौं । ठेकेदारको कुटपिटबाट बूढानीलकण्ठ नगरपालिका–१०,कपनमा मंगलबार राति एक श्रमिकको ज्यान गएको छ । घटनामा प्रहरीले ठेकेदारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

निर्माण कम्पनी सञ्चालन गर्दै आइरहेका प्रेम राईले लेनदेन विवादमा कुटपिट गरी श्रमिक सञ्जय राईको ज्यान लिएका हुन् । प्रहरीका अनुसार मृतक राई केही समयदेखि प्रेमकै निर्माण कम्पनीमा काम गर्दै आइरहेका थिए । कपन प्रहरीले घटनाको पुष्टि गर्दै ठेकेदारको कुटपिटबाट खोटाङ स्थायी ठेगाना भएका राईको मृत्यु भएको जनाएको छ ।

प्रहरीले घटनामा संलग्नको आरोपमा ठेकेदार प्रेम राईसहित अजय राई र सागर बस्नेतलाई गएराति नै नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरी वृत्त बौद्धमा राखेर छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट ज्यान गुमाएका राईको शव प्रहरीले पोस्टमार्टमा लागि टिचिङ अस्पताल लगेको छ