देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भाडा बढाउन व्यवसायीको माग, सरकार भन्छ : दशैं , तिहार अगाडि हुँदैन

देशान्तर

काठमाडौं । सरकारको प्रस्तावअनुसार भदौ २५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभागले व्यवसायीसँग गरेको छलफलमा विभिन्न पूर्वतयारी गरेर मात्रै बुकिङ खोल्ने सहमति भएको छ ।

व्यवसायी सहमत भए २५ गतेबाट बुकिङ खोल्ने योजनामा विभाग थियो । तर, व्यवसायीले तयारी नपुगेको र वैज्ञानिक भाडा समायोजनको विषय सम्बोधन नभएको भन्दै २५ गते बुकिङ खोल्न नसकिने बताएका हुन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार अर्को साता बुकिङ खोल्नेबारे पुनः व्यवसायीसँग छलफल हुनेछ । ‘हाल कुन रुटमा कति बस सञ्चालनमा छन्, दशैंका लागि कति थप बस अन्य क्षेत्रबाट ल्याउन सकिन्छ भन्ने लगायतका विषयमा आवश्यक तयारी र अध्ययन गरेर फेरि छलफलमा बस्छौं,’ हमालले भने ।

उनले भाडा समायोजनमा विषयमा व्यवसायीसँग दशैं(तिहार अघि छलफल नै हुन नसक्ने बताए । २०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने व्यवसायीहरुको माग छ ।