रौतहटको गुजरा नगरपालिका वडा नं. ५ लक्ष्मीपुरमा रहेको मुसहर बस्तिमा ईन्टरनेट सेवा सञ्चालनमा आएको छ । करिव ३० घर मुसहर जातीको बस्ति रहेको गाँउमा ईन्टरनेट सेवा पुगेपछि मुसहर हर्षित भएका छन् । बस्तिमा बासिन्दा मिलेर ईन्टरनेट सेवा जडान गरेपछि गाँउका युवा युवतीले मोवाईलबाट विभिन्न किसिमका जानकारी लिने गरेका छन् । बस्तीको एउटा घरमा ईन्टरनेट जडान गरिएको छ र सोहिबाट बस्तिका अधिंकाशले सेवा लिने गरेका छन । गाँउका सवै मिलेर ईन्टरनेटको सेवा शुल्क तिर्ने गरेका छन् ।





प्रतिक्रिया