देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दोलखाली अझै जीर्ण तुइन प्रयोग गर्न बाध्य

देशान्तर

सरकार ‘तुइनमुक्त देश’ बनाउने अभियानमा लागिपरेको छ । तर दोलखाको उत्तरी गौरीशंकर गाउँपालिकाको टोपटार, खानीखोलामा काठे पुलसमेत नहुँदा त्यहाँका स्थानीय नागरिक भने अझैपनि जीर्ण तुइन प्रयोग गर्न बाध्य बनेका छन् ।

गाउँपालिकाको वडा नम्बर ७ मार्बु र ८ खारेको सिमाना टोपटारमा काठको पुल समेत नहुँदा जोखिम मोलेरै जीर्ण तुइनबाटै स्थानीयवासी खोला तर्ने गर्छन् ।

पक्की पुल माग गरेको वर्षाैं बित्दा समेत बन्न सकेको छैन । वर्षा लागेसँगै खोलामा आउने बाढीले प्रत्येक वर्ष काठको पुल बगाउने गरेको छ ।