देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सहकर्मी कुट्ने वडा अध्यक्ष पक्राउ

देशान्तर

ओखलढुंगा – छिमेकी वडाका वडा अध्यक्षमाथि कुटपिट गर्ने चम्पादेवी गाउँपालिका–८ का वडा अध्यक्ष अजय लुइँटेललाई प्रहरीले पक्राउ गरेको छ । लुइँटेल आइबार साँझ पक्राउ परेको प्रहरीले जनाएको हो ।

अध्यक्ष लुइँटेलाई पक्राउ गरेर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक डीएसपी पुष्पराज मल्लले बताए ।

लुइँटेलमाथि चम्पादेवी गाउँपालिकाको कार्यालयमा  गाउँपालिका – ७ का वडा अध्यक्ष सुरेश थापालाई गएको असार ३० गते कुटपिट गरेको अभियोग छ । पीडित थापाले गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे रक्सी खाएर आएका लुइँटेलले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गएको साउन १ गते उजुरी दिएका हुन ।

आरोपित अध्यक्षलाई पटक–पटक कार्यालयमा हाजिर हुन आउने ताकेता गरे पनि अटेर गरेपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।