देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले जनतामा भ्रम छर्ने काम गरेको छ ‍‍‌कांग्रेस नेता : जितेन्द्र देव

देशान्तर

काठमाडौं : नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनतामा अनावश्यक भ्रम छर्ने काम नगर्न आग्रह गरेका छन्। राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले चिनियाँ विदेशमन्त्रीले गरेको तीन दिने नेपाल भ्रमण र प्राप्त उपलब्धिबारे सरकारले अनावश्यक रुपमा जनतामा भ्रम छर्ने काम गरेको टिप्पणी गरे।
भ्रमणका बारेमा विभिन्न क्षेत्र र निकायले आ आफ्ना दृष्टिकोण सार्वजनिक गरिसकेको स्मरण गराउदै उनले केही सामान्य विषय बाहेक ठुला-ठुला आयोजनाका बारेमा खास उपलब्धि हासिल हुन दाबी गरे। उनले उच्चस्तरको भ्रमणको तयारी पनि सरकारले गर्न नसकेको आरोप लगाए। उच्चस्तरीय भ्रमणका क्रममा हुने वार्ताहरुमा आफ्ना योजनाहरुबारे नेपाल ठोस, स्पष्ट एवंम योजनावद्ध ढंगले प्रस्तुत गर्न नसकेको दाबी उनको छ।
क्रममा केरुङ्ग –काठमाण्डौ रेलवे संभाव्यता अध्ययन गर्नका लागि नेपालबाट भएको प्रस्ताव,बिआर आई प्राजेक्टर र मदनभण्डारी विश्वविद्यालयको बारेमा चिनिया तर्फबाट कुनै प्रतिवद्धता नआएको तर अनावश्यक रुपमा जनतामा भ्रम छर्ने काम गरिएको भन्दै उनले गम्भीर असन्तुष्ठी जनाए। उनले नेपाली जनतालाई अनावश्यक रुपमा भ्रम फैलाउने गरि मिडियाबाजी गर्ने काम नगर्न पनि सचेत गराए।