देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले सरकारको धारणा मागेपछि राज्य व्यवस्था समिति बैठक स्थगित

देशान्तर

काठमाडौँ — राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथिको छलफल बिहीबार पनि टुंगो लागेन । नागरिकता विधेयक सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसद्‌को राज्य व्यवस्था समिति बैठकमा कांग्रेसले सरकारको धारणा माग गरेपछि बैठक स्थगित गरिएकाे छ । 

नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई अंगीकृत नागरिकता दिने विषयमा सांसदहरू विभाजित छन् ।

यस सम्बन्धी छलफलका लागि समितिको बिहीबार पनि समितिको बैठक बोलाइएको थियो। बैठकमा कांग्रेस सांसद दिलेन्द प्रसाद बडू, डिला, संगौला, मीना पाण्डे लगायतले विधेयकबारे सरकारको धारणा आउनु पर्ने माग राखेका थिए।

गृहमन्त्री रामबहादुर थापा बैठकमा केही समयमात्रै उपस्थित भएका थिए। बैठक भोलीसम्मका लागि स्थगित भएको छ। गृहमन्त्रीलाई समेत उपस्थित गराउने गरी शुक्रबार बिहान ८ बजे फेरि समितिको बैठक बस्ने भएको छ।बैठकमा उपस्थित गृहसचिव प्रेमकुमार राईले अहिले ल्याएको प्रस्ताव नै सरकारको धारणा भएको बताएका थिए।

ना