काठमाण्डौ । ०७६ वैशाखयताका विभिन्न विपद्का घटनामा परी २७१ को मृत्यु भएको छ । यहि अवधिमा ६४६ घाइते भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार, बाढी–पहिरोलगायतका विभिन्न विपद्का घटनामा परी २०७६ वैशाख १ देखि भदौ २९ सम्म २७१ ले ज्यान गुमाएका हुन् । त्यस्तै, ६४६ जना घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् ।
सरकारी तथ्यांक अनुसार, विभिन्न घटनामा १ हजार ६३ चौपाया मरेका छन् । ४ हजार ६०७ घर डुबानमा परेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
५ महिनानाको अवधिमा १५ पुलमा क्षति, एक हजार ७६१ घर, २१७ गोठ र ७४ सरकारी कार्यालयमा क्षति पुगेको छ ।
विपद्का घटनाबाट रु दुई अर्ब ४२ करोड ५५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया