देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री

देशान्तर

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेदभाव वा आर्थिक कारणबाट देशका कुनै पनि प्रतिभाले उपेक्षित हुनु नपर्ने बताएमन

छन् ।

 राष्ट्रिय विज्ञान दिवस–२०७६ का अवसरमा बुधबार सन्देश दिँदै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने ध्येयका साथ    वर्तमान सरकारले ज्ञान र वैज्ञानिक सोचमा आधारित समाज निर्माण गर्ने विश्वव्यापी मान्यतालाई अङ्गीकार गरेको बताए  ।

‘विज्ञान, प्रविधि र नवप्रवत्र्तन, आर्थिक–सामाजिक रुपान्तरणको नारासहित मनाइँदै गरेको यस वर्षको विज्ञान दिवसले देशको आर्थिक–सामाजिक रुपान्तरणमा विज्ञानको महत्वलाई अझ बढी उजागर गर्ने छ भन्ने मेरो विश्वास छ ओलीकाे  सन्देशमा छ ।

 

सन्देशमा उहाँले विश्वव्यापी रूपमै अर्थतन्त्रको धार ज्ञान निर्देशित हुँदै गएको परिप्रेक्षमा समृद्ध राष्ट्र निर्माणका लागि नवीनतम ज्ञान र प्रविधिको प्रयोग अत्यावश्यक हुने बताएका छन्नु ।  उनले नेपालको शैक्षिक र वैज्ञानिक परम्परा शताब्दीऔं पुरानो भएको उल्लेख गर्दै वैज्ञानिक ढङ्गले विश्वकै अध्ययन गर्ने हाम्रा पूर्वजप्रति हामीले गर्व गर्नुपर्ने बताएका छन ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय विकासको दीर्घकालीन सोचबमोजिम सन् २१०० सम्म समुन्नत राष्ट्रको स्तरमा पुग्ने गरी विकासको गतिलाई बढाउन वर्तमान सरकार दृढ–सङ्कल्पित रहेको उल्लेख गर्दै लक्ष्य हासिल गर्न सरकारले विज्ञान तथा प्रविधिको अपरिहार्य भूमिकालाई उच्च महत्व प्रदान गरेको स्पष्ट गरेका छन  ।