देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दशैंका लागि आजबाट टिकट बुकिङ खुला

देशान्तर

काठमाडौं  – दशैंका लागि आजबाट टिकट बुकिङ खुला गरिएको छ ।

काठमाडौंको गौशाला, नयाँ बसपार्क, चाबाहिल, कोटेश्वर, बल्खु, कलंकी, नागढुंगा लगायतका स्थानमा टिकट वुकिङको ब्यवस्था गरिएको छ । यात्रुको सहजता र ठगीबाट बचाउन टिकट बुकिङ स्थलमा ट्राफिक प्रहरी, सरकारी कर्मचारी एवं उपभोक्ता समाजका प्रतिनिधि रहेको नागरिक सहायता कक्ष समेत स्थापना गरिएको छ ।

यातायात व्यवसायीले यात्रुसंग भाडा बढाएर लिन नपाउने यसअघि सहमती भईसकेको छ । सवारी साधनको भाडा दर समते यात्रुले थाहा पाउने गरी ब्यवसायीले गाडीमा टाँस्नुपर्नेछ ।

केही कम्पनीले अनलाइन मार्फत समेत टिकट काट्ने ब्यवस्था गरेका कारण लाइन बस्नु पर्ने बाध्यतामा केही कमी आउने अपेक्षा गरिएको छ । दशैंमा १८ देखी २० लाख सम्म यात्रु उपत्यकाबाट बाहिरिने सरकारको अनुमान छ ।

यातायात ब्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार विहान ७ बजे देखी साँझ ६ बजे सम्म टिकट बुकिङ खुला रहनेछ ।