देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कृषि विकास बैंक ह्याक काण्ड : ५ अर्ब बढी ह्याक गर्ने योजना

देशान्तर

काठमाडौँ — बैंक तथा वित्तिय संस्थाको प्रविधि दुरुपयोग गरी ५ अर्ब रुपैयाँ भन्दा धेरै रकम झिकेर विदेश लैजाने योजनामा संग्लन १२ जनालाई महानगरिय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट मेघाङका लवाङ तामाङ, रसुवा नौकुण्ड घर भएका लक्ष्मी लामा तामाङ, निर्मला तामाङ र निमा तामाङ, काठमाडौं काभ्रेस्थलीका संजय घले, सर्लाही हरिवनका पुष्पराज खड्का, लमजुङ दोर्दी गाउँपालिकाका विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका(९ का श्रवणकुमार श्रेष्ठ, भारत कोलकत्ताका शुबन्‍कर पन्जा, कैलाली भजनी नगरपालिका(३ का विजय शाह र चन्द्रबहादुर बुढा रहेका छन् ।

महाशाखाका अनुसार भारतको मुम्बईमा बस्ने काले भन्ने पिटरले नेपालीहरुलाई सर्म्पक गरी बैंक तथा वित्तिय संस्थाको रकम निकाल्ने काममा प्रयोग गरेका थिए । पिटरले अवैध रुपमा बैंकको रकम झिक्ने काममा संग्लनहरुलाई मुम्बई नै बोलाएर काम सिकाएको र पैसा निकाले वापत कमिसन दिने गरी काममा लगाएको बुझिएको छ । महाशाखाका अनुसार रकम निकालेर भारत पठाउनेहरुलाई १५ देखि ३५ प्रतिशत कमिशन दिने गरी काममा लगाएको देखिएको छ ।

महाशाखाका अनुसार हृयाकरको समुहले कृषि विकास बैंकको विभिन्न शाखाकाबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ अवैध रुपमा झिकिएको जनाएको छ । त्यस्तै नयाँ बानेश्वरमा रहेको पानस रेमिटबाट भने १२ लाख रुपैयाँ प्राविधिक छिद्रको फाईदा उठाई झिकिएको देखिएको छ