देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भोलीदेखि देशैभर सवारी साधनका लागि रुट परमिट नचाहिने

देशान्तर

काठमाण्डौं । चाडपर्वलाई लक्ष्य गरी यात्रुवाहक सवारी साधनका लागि भोली (आइतबार)देखि देशैभर बाटो इजाजत पत्र रुट परमिट नचाहिने भएको छ । यातायात व्यवस्था विभागले आइतबार बाट बाटो इजाजत पत्र रुट परमिट खुला गर्ने भएको हो । विभागले भोलीदेखि १९ गतेसम्मका लागि इजाजत पत्र खुला गरेको हो ।

चाडपर्वमा उपत्यका आवतजावत गर्ने यात्रुको आगमनलाई सहज र व्यवस्थित बनाउन रुट परमिट खुला गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

इजाजत पत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहज रूपले गन्तव्यमा र्पुयाउन र ल्याउनका लागि पालो पर्खनुनपर्ने उनले बताए ।

यात्रुको आवागमन र ट्राफिक व्यवस्थापनमा थप समस्या ल्याउने भन्दै काठमाडौं भित्रिने ठूला सवारी साधनलाई रोक लगाएको छ ।