देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण

देशान्तर

चितवन । आफूलाई भ्रष्टाचारविरोधी नागरिक अभियन्ता बताउँदै आएका ज्ञानेन्द्र शाहीमाथि आज चितवनमा आक्रमण भएको छ । कार्यक्रमस्थल जाने क्रममा दिउसो पौने तीन बजे चितवनको ग्लोबल होटलबाट निष्किने क्रममा शाहीमाथि आक्रमण भएको हो ।

पाँच छ जनाको संख्यामा आएको युवाको समूहले शाही माथि आक्रमण गर्दा उनी घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

शाही चढेको माइक्रो बसमा पनि आक्रमणकारीले तोडफोड गरेका छन् ।

चितवनको चौविसकोटीमा आयोजना गरिएको कार्यक्रमलाई शाहीले संबोधन गर्ने तयारी गरिरहेका थिए ।