देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दशैंमा ठूलो पानी नपर्ने सम्भावना

देशान्तर

काठमाडौं : मनसुन निष्कृय बन्दै गएकाले दशैंमा ठूलो पानी नपर्ने सम्भावना रहेको छ । असोजभर पानी परिरहेबाट दशैं हिले हुने सम्भावना देखिएको थियो । तर, मनसुन निष्कृय हुनुले खुशीको खबर आएको छ ।

यो हप्ताभित्र मौसम बाहिरिन सक्छ । त्यसपछि लगातार पानी पर्ने सम्भावना कम हुन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही भागमा सामान्य वर्षा हुने जनाएको छ । तर, अधिकांश भागमा सामान्य बदली रहेर ठूलो वर्षाको सम्भावना छैन ।

यसवर्ष असोज लागिसक्दा पनि ठूलो पानी परिरह्यो । मौसम ढिलो गरी नेपाल प्रवेश गरेकाले ढिलोसम्म रह्यो । यसकारण आकाश सफा भइसकेको छैन ।