देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

का‌ंग्रेसको चियापान असोज २६ गते

देशान्तर

काठमाण्डौं । विपी कोइरालाले २०३४ सालबाट सुरु गरेको चियापान नेपाली कांग्रेसले यसपालि असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन गर्ने भएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दशैंको अवसर पारेर असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मलेन गरी उनले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने र अन्य जिल्लाको चियापान कार्यक्रमको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने पनि स्पष्ट पारे।

 कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान पार्टी केन्द्रीय कार्यालयमा असोज २६ गते अपरान्ह दिउँसो एक बजेदेखि ५ बजेसम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन संचारकर्मीहरुलाई पनि निमन्त्रणा गरेको छ।