काठमाडौँ – नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले लिखित स्पष्टिकरण मागेको छ।
महासचिव शाहीले पार्टीको विधान विपरित काम गरेको भन्दै तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तमकुमार चापागाई र कोषाध्यक्ष विद्वान गुरुङ्गसहितले अनुशासन समितिमा उजुरी दिएका थिए ।
सो उजुरीको प्रक्रिया सुरु गर्दै कांग्रेसको अनुशासन समितिले केही दिनअघि महासचिव शाहीसँग लिखित स्पष्टिकरण माग गरेको हो ।
शाहीले पार्टीको नीति विपरित अभिव्यक्ति दिएको तथा पार्टीका नेताहरुको मानमर्दन गरेको आरोप छ । यस्तै उनले तरुण दलका अध्यक्ष जितजंग बस्नेतलाई पदबाट हटाएको भन्दै सूचना जारी गरेको पनि उल्लेख छ । अध्यक्ष, उपाध्यक्ष तथा कोषध्यक्षसहितले गएको भदौ २७ गते बसेको बैठकको निर्णयसहित अनुशासन समितिमा महासचिव शाहीविरुद्ध उजुरी दिएका थिए ।



प्रतिक्रिया