काठमाडौं । डाक्टर गोविन्द केसीले फेरि अनशन सुरु गर्ने भएका छन्। डा केसीले आज पत्रकार सम्मेलन गरी विभिन्न ६ वटा माग राख्दै कार्तिक १३ गतेदेखि अनशन सुरु गर्ने घोषणा गरेका हुन्।
आजदेखि २६ वर्षे सेवाबाट अवकाश हुन लागेका केसीले आफू शिक्षण अस्पतालबाट अवकास लिए पनि जुनसुकै ठाउँमा गएर अनशन बस्न सक्ने बताएका छन्।
केसीका द्वन्द्वपीडितको न्याय सुनिश्चित गर्न संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा पार्टी कार्यकर्तालाई भर्ती नगराउने लगायतका ६ बुँदे माग छन्।





प्रतिक्रिया