देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विप्लवका दाइसहित २१ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

देशान्तर

काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् । 

विप्लव समूहका मध्यकपश्चिम कमाण्ड अर्थात विप्लवका दाइ चन्द्र बहादुर चन्दसहित २१ जना दाङको राजापुर क्षेत्रबाट पक्राउ परेको प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे ।

मध्यराती १ बजे पक्राउ परेका उनीहरुसँग विस्फोट सामग्री र हतियार पनि रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्लाको सदरमुकाम ल्याइदैँछ ।

यस्तै, राप्ती ब्यूरो इन्चार्ज केश बहादुर बाठा ‘सुवास’ समेत प्रक्राउ परेका छन् । पक्राउ परेका सबै राप्ती ब्यूरोका सदस्यहरु रहेको बताइएको छ ।

ब्यूरोको बैठक बसिरहेको बेला प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उनीहरुसँग कति हतियार र विस्फोटक पदार्थ थियो भन्ने अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने प्रहरीको भनाइ छ ।