देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काग्रेसले ४०० बढि निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिदै

देशान्तर

काठमाण्डौं । काँग्रेसले आफ्नो पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ । केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज र भोली प्रशिक्षण दिने भएको हो ।

काँग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काँग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको पार्टी कार्यालय सचिव मुक्ति आचार्यले जानकारी दिए ।

प्रशिक्षणमा देशभरबाट चार सयभन्दा भन्दाबढिको सहभागिता हुनेछ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रमा हुने उक्त प्रशिक्षणको काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।