देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टीबाट विजयी भएका जनप्रतिनिधिलाई कांग्रेसले दियाे प्रशिक्षण

देशान्तर

काठमाडाैँ । नेपाली कांग्रेसले पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा प्रमुख र उपप्रमुख विजयी भएकाहरूलाई प्रशिक्षण सुरू गरेको छ।

शुक्रबार भक्तपुरको बोडेमा सुरू भएको प्रशिक्षण शनिबार सकिनेछ। पार्टीबाट उम्मेदवार भई जिल्ला समन्वय समिति र गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेकाहरूलाई कांग्रेसले प्रशिक्षण दिएको हो।

उपसभापति विमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता सहभागी छन्।

प्रशिक्षणमा सहभागी भएकाहरूलाई कांग्रेसले जनमुखी काम गर्न आग्रह गरेको छ।