देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तत्काल मन्त्रिमण्डल फेरबदल हुने सम्भावना छैन : अध्यक्ष दाहाल

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डलमा तत्काल कुनै फेरबदल हुने सम्भावना नरहेको बताएका छन् । धनगढीमा पत्रकारहरुसँग दाहालले सञ्चारमाध्यममा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको जिकिर गरे ।

यति जना मन्त्री फेरिने, यी यी आउने भए रे भनेर गरिएका हल्लामा कुनै सत्यता नरहेको पनि उनले प्रष्ट्याए । मन्त्रिमण्डल फेरबदलको विषय प्रधानमन्त्रीको कार्यक्षेत्र भएकाले यो प्रश्न आफूलाई नगर्न दाहालले पत्रकारहरुसँग आग्रह पनि गरे ।

आफु पार्टीको अध्यक्ष भएकाले मन्त्री फेर्दा सोधिए पनि अहिलेसम्म त्यस्तो कुनै छलफल र चर्चा नभएको पनि उनले बताए ।