काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताको करबाट तलब खाएर कुनै दल विशेषका पछि लाग्ने सरकारी कर्मचारीको एक–एक हिसाब राखिने चेतावनी दिएका छन् ।
पार्टीले भक्तपुरमा आयोजना गरेको दुई दिने प्रशिक्षणको उद्घाटन गर्दै सभापति देउवाले सरकारी कर्मचारी सत्तारुढ दल नेकपाको पछि लागेकोप्रति आपत्ति जनाउँदै यस्तो चेतावनी दिएका हुन् ।
उनले कम्यनिस्टहरुले चुनाव जितेका स्थानीय तहमा जथाभावी लुट मच्चाई रहेको आरोप लगाउँदै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको मत जित्ने गरी सेवा प्रदान गर्न निर्देशन दिए ।





प्रतिक्रिया