देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालले इंग्ल्याण्डको टिमसँग मैत्रीपूर्ण फुटबल खेल्ने

देशान्तर

काठमाडौँ- नेपालले अन्तर्राष्ट्रिय फुटबलमा इंग्ल्याण्डको ‘सी’ टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ। मैत्रीपूर्ण खेलका रुपमा नेपालले इंग्ल्याण्ड ‘सी’सँग प्रतिस्पर्धा गर्न लागेको अखिल नेपाल फुटबल संघ-एन्फाले जनाएको छ।

यो खेल सन् २०२० को मे २० तारिखमा हुनेछ। एल्डरसट टाउन एफसीको मैदानमा खेल हुनेछ।
इङ्ल्यान्डको नेशनल लिग सिस्टम तथा फुटबल अप्रेसन डिभिजनका प्रमुख लरेन्स जोन्स र बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीको पहलमा यो खेल हुन लागेको एन्फाले जनाएको छ। यसैगरी नेपालले आगामी महिना म्यानमारसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्ने भएको छ। यो खेल आगामी नोभेम्बर ७ तारिखमा हुनेछ। यो खेल म्यानमारको मन्डालेमा आयोजना हुनेछ। विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको तयारीका लागि नेपालले म्यानमारसँग खेल्न लागेको हो।

विश्वकपको एसियाली छनोटको दोस्रो चरणमा नेपालले अब घरेलु मैदानमा कुवेतसँग खेल्दैछ। तीन खेल खेलिसकेको नेपालको केवल तीन अंक छ।