देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘एक्सन-रूम’बाटै गरे प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन 

देशान्तर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रीहरुलाई साथै राखेर सिंहदरबारस्थित एक्सन रुमबाट विभिन्न राष्ट्रिय आयोजनाहरूको जानकारी लिएका छन्।

एक्सन रुमबाट ओलीले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् योजना, भेरी-बवई डाइभर्सन, रानीजमरा र सिक्टा सिँचाइ योजना र पुष्पलाल हुलाकी राजमार्ग गरी ६ वटा राष्ट्रिय गौरवका आयोजना प्रमुखसँग संवाद गरेका हुन्।   यस्ता आयोजनाको अपेक्षाकृत प्रगति हुन नसकेकाले प्रधानमन्त्रीले बेलाबेला भिडियो कन्फ्रेन्समार्फत जानकारी लिँदै आएका छन्।

संवादपछि प्रधानमन्त्री ओलीले आयोजना प्रमुखहरुलाई आवश्यक निर्देशनसमेत दिने बताइएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट सम्बन्धित आयोजनामा भइरहेको काम सिसिटिभीको भिडियो हेरेर आयोजना प्रमुखसँग प्रधानमन्त्रीले कुरा गर्ने स्रोतले बताएको छ।  आयोजनाको मुख्य काम हुने स्थानमा सिसी क्यामेरा जडान गरिएकाले प्रधानमन्त्रीले सम्बन्धित आयोजनाको काम प्रत्यक्ष रुपमा हेरिरहेका छन्।