देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डोजर आक्रमण : छानविन समिति गठन गरी स्थलगत अध्ययन 

देशान्तर

बैतडी : डोजरले नागरिकमाथि आक्रमण गरिएको घटनाको छानबिन गर्न जिल्ला प्रसासन कार्यालय बैतडीले छानविन समिति गठन गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो। घटनाको विषयमा बुझ्नको लागि समिति बुधवार  घटनास्थल (दशरथचन्द नगरपालिका ९ ग्वाल्लेक) पुगेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

समितिले स्थलगत अध्ययन गरि ४८ घण्टाभित्र प्रतिबेदन बुझाउनेछ उनले भने, ‘छानबिन समितिले शुक्रबार प्रतिबेदन बुझाउछ।’ डोजर चालकविरुद्ध भने ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भई अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए। सोमबार भएको घटनाको सर्बत्र आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले मंगलबार छानबिन समिति गठन गरेको थियो।

समितिमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी निरीक्षक, दशरथचन्द नगरपालिकाका इन्जीनियर, पुर्वाधार विकास कार्यालयका इन्जीनियर र अनुसन्धानको १ जना गरी पाँच सदस्य रहेका छन्।