देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पशुपति घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा थपियो

देशान्तर

काठमाण्डाै – पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको छ ।

घाट सेवा केन्द्रका कर्मचारीहरुले आफ्ना सेवा सुविधा बढाउने माग सम्बोधन नगरेको भन्दै बुधबार बिहान शव जगाउनेलगायतका काम ठप्प पारेपछि कोषले तत्काल सम्बन्धित पक्षसँग छलफल गरी उनीहरुको सेवा सुविधा बढाउने सहमति गरेको हो ।

घाट सेवा केन्द्रका कर्मचारीहरुसँग उनीहरुको सेवा सुविधा वृद्धि गर्ने विषयमा सहमति गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए  । काठमाण्डौ महानगरपालिका वडा नम्बर-८ का वडाध्यक्ष दिनेशकुमार डंगोलको उपस्थितिमा गरिएको सहमतिमा घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाएको उल्लेख गर्दै त्यसलाई बुधबारबाटै कार्यान्वयनमा लैजान लागिएको पनि कोषले जनाएको छ ।