देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, उम्मेदवारको छनोट गर्ने

देशान्तर

काठमाण्डौं । उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्न लागेको हो । छलफलका लागि विभिन्न एजेन्डाहरू तय भने मुख्यगरी मंसिर १४ का लागि तोकिएको उपनिर्वाचनका उम्मेदवारबारे बैठक केन्द्रित हुने कांग्रेस नेताहरूले बताएका छन् ।

कांग्रेसले उम्मेदवार सिफारिसका लागि मातहतका कमिटीलाई यसअघि नै निर्देशन दिइसकेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, केही स्थानीय तहका उम्मेदवारको नाम सिफारिस भएर आइसकेको छ । उनका अनुसार, धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईको मात्र नाम सिफारिस भएको छ ।

त्यस्तै, पार्टी भातृसंगठनका विवादबारे पनि छलफल हुने एजेन्डा छ । कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघ, तरूण दललगायतको कार्यकाल समाप्त भए पनि अधिवेशन हुन सकेको छैन ।
आज बस्ने बैठकले यसबारे पनि छलफल गर्ने नेताहरूले बताएका छन् ।