देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनले जित्यो पहिलो महिला क्रिकेट लिगको उपाधि 

देशान्तर

काठमाडौं : पहिलो संस्करणको महिला फ्रेन्चाइज लिग वुमन्स च्याम्पियन्स लिग टी-२० क्रिकेटको उपाधि चितवन राईनोजले जितेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल प्रतिस्पर्धामा क्याट क्‍विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवनले उपाधिमाथि कब्जा जमाएको हो। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको काटमाडौं ६७ रनमै खुम्चियो। काठमाडौं निर्धारित २० ओभरमा ६७ रनमा अलआउट हुन पुग्यो। काठमाडौंका लागि अप्सरी बेगमले १५, ममता थापा र इश्वरी विष्टले समान १३-१३ रन बनाए। बाँकी व्याट्सवुमनले दोहोरो अंकको रन बनाउन सकेनन्।

काठमाडौंलाई सस्तैमा समेट्न सुमन खतिवडा र निग्मा तामाङले ३-३ विकेट खसाले। त्यसअघि टस हारेर पहिले ब्याटिङ्गमा तानिएको चितवनले पुरा ओभरमा ४ विकेट खर्चदै १ सय १२ रन बनाएको थियो। चितवनकी सुमन खतिवडाले सर्वाधिक २९ रन बनाउँदा कप्तान इन्दु बर्मा २२ रनमा नटआउट रहिन्। काजोल श्रेष्ठले २१, कञ्चन श्रेष्ठले १९ रन बनाइन्। सरस्वती कुमारी, लक्ष्मी साउद, संगीता राईले एकएक विकेट लिए।