देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आलमलाई थप ८ दिन थुनामा राख्न अदालतको अनुमति

देशान्तर

रौतहट हत्या प्रकरणका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई थप आठ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सामूहिक हत्यालगायत आरोपमा पक्राउ परेका आलमलाई थप आठ दिन हिरासतमै राखेर अनुसन्धान गर्न रौतहट जिल्ला अदालतले तेश्रोपटक म्याद थप गरेको हो ।

दोस्रो पटक थपिएको पाँच दिनको अवधि सकिए पनि अनुसन्धान बाँकी नै रहेको भन्दै प्रहरीले १० दिन थप थुनामै राखेर अनुसन्धान गर्न माग गरेकोमा न्यायाधीश केशव पाण्डेको इजलासले आठ दिनको समय दिएको हो ।

२०६४ सालमा सामूहिक हत्या गरेको लगायत आरोपमा आलमलाई गएको असोज २५ गते राजपुर गौरबाट पक्राउ गरिएको थियो ।