देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बसले ठक्कर दिँदा भक्तपुरमा पैदल यात्रुको मुत्यु  

देशान्तर

भक्तपुर । भक्तपुरको कमलविनायकमा बसले पैदलयात्रु र मोटरसाइकललाई ठक्कर दिँदा एक पैदलयात्रुको मुत्यु भएको छ । भने दुई जना घाइते भएका छन् ।

मंगलबार बेलुका बा ४ ख ६०७ नम्बरको बसले दुई जना पैदलयात्री र बा ७० प ६१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका पैदलयात्री काभ्रे डाँडाबारी ३ का २० वर्षीय विकास तामाङको उपचारको क्रममा मध्यपुर अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट पैदलयात्रु भक्तपुर गुण्डुका विशाल तामाङ र मोटरसाइकल चालक कागेश्वरी मनहरा(१ का ३० वर्षका प्रकास सुनुवारको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ । बस चालकलाई भने प्रहरीले पक्राउ गरेको छ